आफूहरुलाई छाडेर जानेहरु बैशाखपछि आफूहरुसँग आउँछन् : प्रचण्ड

Top Post राजनीति समाचार

१३ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई छाडेर जानेहरु बैशाखपछि आफूहरुसँग आउने दाबी गरेका छन् ।

उनले काठमाडौंमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

अहिले आफूहरुलाई छोडेर जानेहरुको हिजो पनि छोडेर जाने र आउने इतिहास भएकाले उनीहरु केही पाउन गएको उनले बताएका छन । प्रचण्डले आफूहरुले राजनीति रुपमा जितिरहेको बताउँदै कार्यकर्ताहलाई चिन्ता नलिन पनि आग्रह गरेका छन् ।

केपी शर्मा ओलीले बुद्धि बिगार्दा आफूहरुले जितिरहेको पनि दाबी प्रचण्डको छ । अदालतमा रहेको मुद्दाप्रति इंगित गर्दै उनले अब १–२ महिनामा त्यो पनि आफूहरुले जित्ने दावी गरेका छन । उनले त्यसका ला सबै नेता तथा कार्यकर्ताहरु सडक आन्दोलनमा आउनुपर्ने बताएका छन् ।

युद्धबाट शान्तिकालमा आउँदै गर्दा ज्ञानेन्द्र शाहको लुप्त रुपले आफूहरु हिरो भएको सम्झँदै ओलीको यो कदमले पनि आफूहरु अहिले हिरो भएको बताएका छन् ।

इतिहासमा कुनै पनि तानाशाहले नजितेको बताउँदै उनले यो लडाइ पनि जनताले नै जित्ने बताएका छन् ।