lockdown_kathmandu

सिसिएमसीको बैठक बस्दै, पुन लकडाउन गर्ने तयारी !

Top Post समाचार

९ मंसिर, काठमाडौं । आज मंगलबार कोभिड संकट व्यवस्थापन समिति (सिसिएममी)को बैठक बस्दैछ । आज बस्ने बैठकले लकडाउनको विषयमा निर्णय गर्ने सम्भावना रहेको उपत्यका मेयर फोरमका सचिव तथा मध्यपुर थिमी नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठले बताए ।

श्रेष्ठले आज बस्ने बैठकमा के के छलफल गर्ने भन्ने एजेण्डा नदिएको बताए । तर, लकडाउनको विषयमा केही निर्णय भने हुने उनले बताए । अहिले कक्षा १२ को परीक्षा चलिरहेको छ । परीक्षाको कारण लकडाउन केही पर सर्न सक्ने पनि उनले बताए ।

योभन्दा अगाडिको बैठकमा उपत्यका मेयर फोरमले उपत्यकामा सरकारले लापरवाही गरेका कारण कोरोना संक्रमण बढेको निष्र्कषसहित थप लकडाउन गर्नुपर्ने बताएको थियो । मेयर फोरमको प्रस्तावलाई सरकारले पोजेटिभ रुपमा लिएको जनाएको छ ।

तर, मेयर फोरमको लकडाउन गर्ने प्रस्तावलाई जनस्वास्थ्य विज्ञहरुले भने ठीक नभएको बताउँदै आएका छन् । समुदायस्तरमा कोरोना फैलिसकेको अवस्थामा कोरोना रोकथाम तथा नियन्त्रणको अन्य उपाय प्रयोग गर्नुपर्ने विज्ञहरुले सुझाव दिँदै आएका छन् ।