ट्रकको ठक्करबाट एउटै मोटरसाइकलमा सवार ३ युवाको मृत्यु

Headlines समाचार

२५ कार्तिक, दाङ । ट्रकले ठक्कर दिँदा एउटै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ।

राप्ती गाउँपालिका अन्तर्गत पूर्व-पश्चिम राजमार्गमा ना ६ ख ३३४४ नम्बरको ट्रकले रा ५ प ६७३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन युवाको मृत्यु भएको घटनास्थल पुगेका जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमति खड्काले बताए।

उपचारका लागि लमही अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेको जानकारी पनि डिएसपी खड्काले दिए।