थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि

Top Post समाचार स्वास्थ्य

१९ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा १३०४ महिला र २००५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । उनीहरुमध्ये एक हजार ३४ जनाको मृत्यु भएको स्वास्त्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।