नवनियुक्त मन्त्रीहरूको शपथ साढे ११ बजे शीतल निवासमा

Top Post राजनीति समाचार

२९ असोज, काठमाडौं । हिजो नियुक्त मन्त्रीहरूको शपथ आज बिहीबार ११ः३० बजे राष्ट्रपति भवन शितल निवासमा हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री नियुक्त भएका तीन मन्त्रीको पद तथा गोपनीयताको शपथ आज साढे ११ बजेका लागि तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सिफारिस गरेका छन् ।