Inshwor pokhrel

पोखरेलको घटुवा होईन, वढुवा भएको हो : वालुवाटार

Top Post समाचार

२९ असोज, काठमाडौं । ईश्वर पोखरेलको रक्षा मन्त्री पद खोसिएपछि सर्वत्र चर्चा हुन थालेको छ। पोखरेललाई घटुवा गरियोे भन्ने जमात ठूलो छ तर वालुवाटार श्रोतका अनुसार, उहांलाई घटुवा होईन वढुवा गरेको वताएको छ। ‘उहाँ आफैंले सबै मन्त्रालय हेर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद रोज्नु भएको हो, कुनै कारण उहाँलाई हटाइएको वा घटुवा गरिएको होइन,’ बालुवाटार स्रोतले बतायो ।

पार्टीको आन्तरिक गुटमा पनि पोखरेल अध्यक्ष तथा प्रधानमन्त्री ओलीनिकट हुन् । सचिवायलमा विष्णु पौडेल र पोखरेलले ओलीलाई साथ दिइरहेका छन् ।

ओली निकट स्रोतका अनुसार पोखरेलले अर्थमन्त्री बन्ने इच्छा प्रकट गरेका थिए । ‘तर, अर्थमा विष्णुजी आउने भएपछि उहाँले नै रक्षाभन्दा सबै हेर्नेगरी प्रधानमन्त्री कार्यालयमा आउनु भएको हो,’ ओली निकट एक नेताले भने । पोखरेल रक्षाबाट हटेपछि प्रधानमन्त्रीले रक्षा आफैंसँग राखेका छन् ।

युवराज खतिवडा मन्त्रीबाट बाहिरिएपछि खाली भएको अर्थमा पार्टी महासचिव विष्णु पौडेललाई ल्याइएको छ भने संचार तथा सूचना प्रविधिमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका पार्वत गुरुङलाई ल्याइएको छ ।