lockdown_kathmandu

काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोना संक्रमण पुष्टि

Top Post समाचार स्वास्थ्य

६ असोज, काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ६४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा कोरोना संक्तमण पुष्टि भएको हो ।

यस्तै उपत्यकासहित देशभर भने १ हजार ३५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै देशभर संक्रमितको कुल संख्या ६६,६३२ पुगेको गौतमले बताए ।