१८ भाद्र, बुटवल । प्युठानका कोरोना संक्रमित एक पुरुषको बुटवलमा मृत्यु भएको छ ।
कलेजो र फोक्सोमा निमोनियाको समस्या रहेका ती पुरुष उपचारका लागि भदौ १० गते मुटु अस्पतालमा भर्ना भएका थिए । उनको भदौ १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
अस्पतालमा भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका उनको गएराति ९ बजेतिर मृत्यु भएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।