१८ भाद्र, काठमाडौं । निषेधाज्ञाको बेवास्ता गर्दै ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तानेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।
रथ तानिरहेका युवाहरुलाई प्रहरीले पानीको फोहोरा हानेको हो । त्यसपछि भने प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ।
रथयात्राबारे गुठी संस्थान र ज्यापु समाजले भने जानकरी नभएको बताएका छन्।