ह्याम्स हस्पिटलको आइसोलेसनमा भर्ना भए डा. भोला रिजाल

Top Post समाचार

१५ भाद्र, काठमाडौं । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण भएको छ।

शनिबार स्वाब दिइएकोमा दुवैलाई कोरोना संक्रमण देखिएको हो।

संक्रमण देखिएपछि पत्नी सरलासहित आफू सोमबार ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएको रिजालले वताए।

दुवैको स्वास्थ्य सामान्य छ। ‘हामी फ्रन्टलाइनमा खटिने चिकित्सकलाई यस्तो संक्रमण हुनु नौलो हैन, कोरोनालाई जितेर फर्किने छौं,’ रिजालले भने, ‘हामीलाई भएपछि परिवारका सदस्यलाई पनि देखिने नै भयो।’

दुवैको स्वाब ह्याम्स अस्पतालमै परीक्षण गरिएको थियो।