काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना

Headlines समाचार

२ भाद्र, काठमाडौं । काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप २०५ जनामा कोरोना संक्रमण देखिएको बताएका हुन् ।

थपिएका नयाँ संक्रमितहरुमध्ये काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना छन् ।