२७ साउन, काठमाडौं । दाङ घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले नक्कली फेसबुक आईडी बनाएर हिंसा गर्न थालेपछि हत्या गरेको वयान दिएकि छिन्।
आफू अनुकुल चल्न दबाव दिन थालेपछि हत्या गरेको वयान उनले दिएको अपराध अनुसन्धान महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए ।
यही साउन २५ गते बिहान गोंगबुमा सुटकेस भित्र विभत्स शव फेला परेको थियो । बोहोराको टाउको र खुट्टा भने जेब्रा झोलाभित्र भेटिएको थियो ।