उपत्यकामा थप १३४ जनामा कोरोना संक्रमण

Top Post समाचार

२७ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा १३४ कोरोना संक्रमित थपिएका छन्।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा १३४ कोरोना संक्रमित थपिएको बताए।

प्रवक्ता गौतमले काठमाडौँमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा कोरोना पुष्टि भएको बताए ।