१७ साउन, काठमाडौं । शनिबार कोरोनाभाइरसका तीन सय १५ जना संक्रमित थपिएका छन्।
देशभरका प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा उक्त संख्यामा संक्रमित थपिएका हुन्। अब संक्रमितको कूल संख्या २० हजार ८६ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विगत २४ घण्टामा छ हजार ९ सय ९३ जनामा पिसिआर परीक्षण गरिएको जानकारी दिए।
