नेपाल एयरलाइन्सका कोरोना संक्रमित कर्मचारीलाई सोल्टी होटल लगियो

Top Post समाचार

२२ असार, काठमाडौं । नेपाल एयरलाइन्सका कोरोना संक्रमित कर्मचारीलाई सोल्टी होटेलभित्रै आइसोलेसनमा राखिने भएको छ । तीन पाइलटसहित नेपाल एयरलाइन्सका १४ उडान कर्मचारीमा सोमबार पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

त्यसमध्ये ७ जनामा क्रस भेरिफिकेसन समेत भई पुष्टि भइसकेको छ । अन्य ७ जनाको पहिलो पिसीआर टेस्ट पोजेटिभ आएपछि भेरिफिकेसनका लागि पठाइएको छ । नेपालीको उद्धार उडान प्रारम्भ भएपछि नेपाल एयरलाइन्सले सोल्टीलाई क्वारेन्टिन होटेलका रुपमा प्रयोग गरेको थियो । सोल्टीमा नेपाल एयरलाइन्सको समेत शेयर लगानी रहेको छ ।