कोरोना महामारीले आक्रान्त बनेको बिश्वलाई सम्हाल्न डाक्टरले अग्रपंत्तिमा रहेर काम गरिरहेका छन् । यस्तो बेलामा डाक्टर नर्स लगायतका स्वास्थ्य क्षेत्रमा आबद्ध व्यक्त्तिहरुले आफ्नो योग्दान दिइरहेको छन् ।
केहि समयअघि चिनका डाक्टर र नर्सहरुले मास्क उतारेपछिको अनुहार भाइरल भएको थियो । धेरैले उनहरुप्रति सहानुभूति प्रकट गरेका थिए । सार्वजनिक भएका तस्विरमा उनीहरुको अनुहारभरी मास्कको निलडाम देखिन्थ्यो ।
इटालीमा मात्रै धेरै डाक्टरले बिरामीको स्याहार गर्दा गर्दै कोरोना संक्रमणको शिकार भएर ज्यान गुमाए । पिपिईले कोरोनाको संक्रमणबाट त बचाउँला तर त्यसको हानी पनि कम छैन । सोमबार ट्वीटरमा अवनिष कुमारले एउटा फोटो शेयर गरेका छन् ।
उक्त्त फोटोमा देखिएको हात भारतको डाक्टरको हो ।
उनको हातलाई देखाउँदै अवनिषले लेखेका छन् । “यो हात कोरोनाको उपचारमा संलग्न भएको डाक्टरको हो ।
जस्ले १० घण्टाको ड्युटी सकेर पन्जा फुकाल्दाको हो । उनीहरु नै रियल हिरो हुन् र हामीले सम्मान गर्नुपर्छ ।”
This is the hand of a doctor after removing his medical precautionary suit and gloves after 10 hours of duty.
Salute to the frontline heroes. — Awanish Sharan (@AwanishSharan)स्रोत ; केटीएम दैनिक