एलआईसी नेपाल दमौली शाखा द्वारा मृत्यु दावीको चेक हस्तान्तरण

समाचार

दमौली ।लाईफ इन्स्योरेन्स कर्पोरेसन( नेपाल) लिमिटेडको दमौली शाखाले मृतकको परिवारलाई २९ लाख ४० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बुधवार व्यास नगरपालीका वडा नम्बर १ भादगाँउ निवासी स्वर्गीय नर बहादुर थापाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीमा अभिकर्ता रिमा आले मार्फत मृतक नर बहादुर थापाले २५ लाख को बीमा गरेका थिए । उनको उच्च रक्तचाप/ को कारण उपचारको क्रममा मृत्यु भएको थियो ।

दमौली शाखाका शाखा प्रमुख मनहरी लोहनी र व्यास नगरपालिकाको उपमेयर इन्दिरा दरैले उनको श्रीमति मुना कुमारी थापालाई घरमानै गई शनिबार मृत्यु दाबी बापतको २९ लाख ४० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको शाखा प्रमुख लोहनीले जानकारी दिएका छन् ।