रविले नमानेपछि सरकारको प्रवक्ताको जिम्मेवारी पौडेललाई

Headlines राजनीति समाचार

काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पाएका छन् । आज बसेको मन्त्रिपरिषद्ले पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

सुरुमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी सम्हाल्न प्रस्ताव गरिएको थियो । तर, लामिछानेले उक्त प्रस्ताव नमानेपछि पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।