गोरखा । नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) गोरखाको संयोजकमा बिष्णु भट्ट र सचिवमा दिपक तिमिल्सिना (साकार) चयन भएका छन्। पार्टीको गण्डकी प्रदेश समितिको पाँचौ पूर्ण बैठकले भट्टलाई चयन गरेको हो।
गण्डकी प्रदेश समितिको सदस्य समेत रहेका भट्ट पार्टीको गोरखा जिल्ला समितिको उपाध्यक्षको जिम्मेवारी सम्हाली सकेका छन् । भट्ट अहिले बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष समेत हुन् ।
जिल्ला सचिवमा चयन भएका तिमिल्सिना हाल गण्डकी गाउँपालिकाका अध्यक्ष रहेका छन्। सचिवमा चयन भएका तिमिल्सिनालाई जिल्ला समन्वय समितिको बैठकबाट अनुमोदन गरिने बैकल्पिक केन्द्रीय सदस्य लेखबहादुर थापाले जानकारी दिए । उनि गण्डकी गाउँपालिकाको इञ्चार्जमा समेत हुन्।
त्यस्तै बैठकले गोरखा क्षेत्र नम्बर १ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको इन्चार्जमा अमर तुम र प्रदेशसभा अन्र्तगत १(क) को इन्चार्जमा लेखबहादुर थापा, १ (ख) को इन्चार्जमा सुशिला सिंखडालाई चयन गरिएको छ ।
त्यस्तै प्रतिनिधीसभा क्षेत्र नम्बर २ को इन्चार्जमा परशुराम रम्तेल, प्रदेशसभा २ (क) को इन्चार्जमा कमला नहर्की, सहइन्चार्जमा पम्फा बसेल र २ (ख) को इन्चार्जमा दिपक देवकोटा र सहइन्चार्जमा भगवती तिवारीलाई चयन गरिएको केन्द्रीय सदस्य थापाले जानकारी दिए । बैठकले गोरखा नगरपालिकाको इञ्चार्जमा धना तमु, पालुङ्टार नगरपालिकाको इञ्चार्जमा विवश चिन्तन, गण्डकी गाउँपालिकाको इञ्चार्जमा दिपक तिमिल्सिना, सहिद लखन गाउँपालिकाको इञ्चार्जमा कृष्ण बहादुर चेपाङ, भिमसेन थापा गाउँपालिकाको इञ्चार्जमा लोक प्रसाद बन्जरालाई चयन गरेको छ ।
त्यस्तै, सिरानचोक गाउँपालिकाको इन्चार्जमा पूर्णकुमारी कँडेल, आरुघाट गाउँपालिकाको इन्चार्जमा श्याम कुमार श्रेष्ठलाई चयन गरिएको पार्टीको जिल्ला संयोजक विष्णु भट्टले जानकारी दिए । धार्चे गाउँपालिकाको इन्चार्जमा छम बहादुर गुरुङ, चुमनुब्री गाउँपालिकाको इन्चार्जमा निमा लामा, बारपाक सुलिकोटको इन्चार्जमा धामी बराम, अजिरकोट गाउँपालिकाको इन्चार्जमा अनिता भुजेललाई चयन गरिएको उनको भनाई छ ।