यसरी भएको थियो खनालहरुको वंश उत्पती र विकास

समाचार

काठमाडौं । खन र खनालहरुको नामाकरण वि.स. १४४२ देखि भएको पाइन्छ ।

वि.स. १४०१ सालमा चामुपाध्य र उनकी श्रीमती भागा अर्घाली राजाको सेवामा अर्घा दरवारमै बस्ने गर्दथे ।

दरवारमा बस्ने क्रममै चामु र भागाको सन्तान खगेश्वर, बलाराम र शशिधर जन्मिए । अर्घाली राजाको सेवा गर्दा गर्दै चामुपाध्याको बि.स १४४२ मा स्वर्गिय भए । भागाले अर्घाली राजासंग आफ्ना तीन सन्तानको व्यवस्थापन गर्न अनुरोध गरिन् । राजाले भागालाई राक्साका डाडामा खन्ने औजारसहित जान र गएको बाटामा चिह्न लगाउँन र नामाकरण गर्न आदेश दिए ।

भागाले मान्द्रेढुङा, दुनुका पोखरी, घेराका लेख, मरेङ खोला, ओखलढुंगा, डाडाकटेरी, छहराको थाप्लो, सेती भर्ली, बेथुखर्क, बडाखोला हुँदै माछा मार्ने रह, बरम्कोटको तेस्रो कर्नमारे जाने बाटो र त्यस भित्रको क्षेत्र खन भन्ने नामाकरण गरिन् । राजाले त्यसलाई नै कुश बिर्ता ताम्रापत्र गरि दिएको किंवदन्ती रहिआएको छ ।

वि.स.१४४२ साल देखिती भागा र उनका तीन भाइ छोरा खनाल भएको पाइन्छ । पछि भागाले पुजा गर्ने बिषयमा तीन भाइ छोराहरुसंग गाइको पुजा गरेर नुन राखी गाइको प्रदक्षिणा गर्न गुल्मी धुरकोटबाट ब्रामण झिकाइ पुजा गरेर प्रदक्षिणा गरि गौचरण छाडेकी हुनाले खन पधेराबाट घुम्दै गाइको प्रदक्षिणा गर्दै ब्रामण अघि लगाइ फलारपानी, बेथुखर्क,मखात हुदै पुन पधेरा आइ मेरा छोरा नाति कसैले यो मैले प्रदक्षिणा गरिएको एरिया जालकाडाको डाडो लेखमा मेरा वंशले खेती तथा बसोबास नगरोस भनेको हुनाले अहिलेसम्म त्यस प्रदक्षिणा गरेको एरिया भित्र खनालहरुले बसोबास तथा खेती पाती नगरेको किंवदन्तीमा उल्लेख छ ।

कालान्तरमा तिनभाइको वंश बिस्तार हुदै जादा लमजुङ ,तनहुँ ,इलाम,गोर्खा ,दैलेख लगायतका जिल्लाहरुमा गएको पाइन्छ । त्यो तीन भाइको वंश बढ्दै जादा आठौं पुस्तामा छाताराम खनालका आठ श्रीमतीबाट ३१ भाइ छोरा जन्मेर विभिन्न ठाउँमा गइ बसोवास गरेको किंवदन्ती छ । यसरी खनाल र खन भएको भन्ने पाइन्छ । अत: बैशाखे पुर्णिमा र मंसिर पुर्णिमामा देबाली गर्ने चलन रहि आएको छ।अशोक खनाल