ठमेल पर्यटन विकास परिषदको अध्यक्षमा चर्चित व्यवसायी अधिकारिको उम्मेदवारी

पर्यटन समाचार

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को आसन्न निर्वाचनमा ठमेलका व्यवसायी धुर्व अधिकारी ले अध्यक्षमा उम्मेद्वारी दिने भएका छन् ।

परिषद्को आगामी असार ३२ गते हुने निर्वाचनका लागि प्रचारप्रसारमा कुनै कसर बाँकी नराख्ने पनि व्यवसायी अधिकारीले बताए । व्यवसायी अधिकारी ठमेल क्षेत्रका प्रभावशाली व्यवसायी मानिन्छन् । उनी नेकपा एमालेका धादिङ जिल्लाको परिचित नेता समेत हुन् ।

हाल ठमेल क्षेत्रमा परिषद्को आसन्न निर्वाचनलाई तरंग सिर्जना भएको छ । उम्मेदवारहरू प्रचारप्रसारमा व्यस्त बनेका छन् । अध्यक्षका उम्मेदवार अधिकारीको प्यानलबाट उपाध्यक्षमा गिता गुरूङ, राजुमान डंगोल महेश महर्जन, महासचिवमा राजिव पाण्डे, सचिवमा रामचन्द्र गिरि उम्मेदवार छन् । असार २९ गते मात्रै उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।