काठमाडौं। बूढीगण्डकी जलाशयुक्त जलविद्युत आयोजना सरकारले कम्पनी खडा गरेर निर्माण गर्ने भएको छ ।
मंगलवारको मन्त्रिपरिषद् बैठकले कम्पनी बनाएर उक्त आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको हो । कम्पनीको अधिकृत पुँजी ६० अर्ब हुनेछ भने तत्काल जारी पुँजी २० अर्बको हुनेछ ।
कम्पनीमा अर्थ मन्त्रालयको २५ प्रतिशत, ऊर्जा मन्त्रालयको ४० प्रतिशत, विद्युत प्राधिकरणको १४ प्रतिशत, विद्युत उत्पादन कम्पनीको १ प्रतिशत शेयर स्वामित्व रहनेछ । त्यस्तै स्थानीयका लागि १० प्रतिशत र सर्वसाधारणका लागि १० प्रतिशत स्वामित्व रहनेछ ।
१२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण आफैंले गर्ने भन्दै २४ चैत २०७८ मा सरकारले विदेशी कम्पनीबाट खोसेर आफ्नै मातहतमा ल्याएको थियो ।