धादिङ वहुप्राविधिक शिक्षालयमा नेपाल विद्यार्थी संघ गठन, अध्यक्षमा असल धामी

समाचार

धादिङ । धादिङको गजुरी स्थित धादिङ वहुप्राविधिक शिक्षालयमा नेपाल विद्यार्थी संघ गठन भएको छ ।

असल धामीको अध्क्षयतामा धादिङ वहुप्राविधिक शिक्षालयमा नेपाल विद्यार्थी संघ गठन भएको हो। ११ जनाको कार्य समिती रहने गरि नेपाल विद्यार्थी संघ गठन भएको विद्यार्थी नेता जीवन खनालले वताए।

सोही कार्यक्रममा स्थानिय कांग्रेस नेताहरूको वाक्लो उपस्थिती रहेको थियो ।

नेपाल विद्यार्थी संघ मार्फत विद्यार्थीको हकहितमा काम गर्ने र नेपाली कांग्रेस लाई साझा पार्टी वनाउने गरि अघि वढ्ने असल धामीले वताए।