संसद् बैठक आधा घण्टाका लागि स्थगित

Top Post राजनीति समाचार

काठमाडौं । प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रतिपक्षी नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले पेस गरेको मलसम्बन्धी जरुरी सार्वजनिक प्रस्तावमाथिको छलफलपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो ।

आजको बैठकमा सांसदहरूले धानका लागि आवश्यक पर्ने मल तत्काल उपलब्ध गराउन माग गरेका छन् । उनीहरूले किसानका समस्याहरू समाधान गर्न माग गरेका छन् ।