काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।माओवादी नेता श्रेष्ठ आइतबार बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग भेट गरेका हुन् ।
स्रोतका अनुसार माओवादी नेता श्रेष्ठ करिब २ घण्टा ओलीसँग एक्लै भेटघाट गरेर फर्किएका हुन् । माओवादी नेता श्रेष्ठले बालकोटमा ओलीसँग देशको राजनीतिक परिस्थिति र भूराजनीतिको बारेमा छलफल भएको बताएका छन् ।
मुलुकको एउटा प्रमुख राजनीतिक पार्टीका नेतासँग भेटघाट हुनु स्वाभाविक भएको उनले बताएका छन् । राष्ट्रिय हित र विदेश नीतिका सन्दर्भमा ओलीसँग आफ्नो लाइन मिलेकोले श्रेष्ठले बालकोटमा पुगेर वार्ता गरेको स्रोतको भनाई छ ।
मुलुक गम्भीर भूराजनीतिक संकटमा धकेलिन लागेको भन्दै दुवै नेता चिन्तित रहेको निकट स्रोतले बतायो ।