फराकिलो मतले वालेन अगाडि

Headlines राजनीति समाचार

काठमाडौं । काठमाडौं महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतले अग्रता कायम राखेका छन् । सोमबारको पछिल्लो मतपरिणाम अनुसार बालेन ७०८९ मतसहित अग्रस्थानमा छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३७४६ मत पाएका छन् भने गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सिर्जना सिंहले ३३०० मत पाएका छन् । स्थापित र सिंहले प्राप्त गरेको मत जोड्दा समेत बालेन अगाडि छन् । स्थापितले प्राप्त गरेको ३७४६ मत र सिर्जनाको ३३०० मत जोड्दा ७०४६ हुन्छ । यी दुवै मतभन्दा बालेन ४३ मत बालेको बढी हुन्छ ।

यस्तै, उपमेयरमा एमालेका सुनिता डंगोल अग्रस्थानमा छन् । सुनिताले अहिलेसम्म ५८९६ मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १६३२ मत पाएका छन् ।