गोरखा नगरपालिका ३ को वेथिति हटाई समग्र वडाको विकास गर्नको लागि मेरो उम्मेदवारी: कोइराला

राजनीति समाचार

१५ वैशाख, गोरखा । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा ३ को लागि जनता समाजवादी पार्टीको तर्फबाट वडाध्यक्षमा ज्योति कोईरालाको उम्मेदवारी परेको छ ।

विगत २५ वर्षदेखि गोरखामा रहेर समाजसेवा र राजनिती गरेका कोइरालाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालय गोरखाले जनाएको छ।

नेता कोईराला भन्छन्, भ्रष्टाचारको अखडालाई निमिट्यान्न पार्न र समग्र वडालाई विकासको गतिमा लैजान मेरो उम्मेदवारी दर्ता भएको हो। उनलाई नजिकवाट चिन्नेहरूले पनि नेतामा हुनुपर्ने गुण भएको नेता ठान्दछन् साथै केन्द्रमा समन्वय गरेर वडालाई वजेट निकाल्न सक्ने सक्षम नेतृत्वको रूपमा लिन्छन्। स्थानियहरूका अनुसार,मिजासिलो स्वभाव भएका ज्योति कोइराला लाई वडाध्यक्षको भुमिकामा रहेर वडाको विकास भएको हेर्न आतुर रहेको जनाउंछन् ।