मन्त्री वाट कुटिएका कर्मचारी भन्छन्, फाईल लिएर कार्यकक्षमा जांदा कुटाई खाइयो !

Top Post पालिका बिशेष समाचार

२३ चैत, पोखरा । गुण्डा नाइकेको रुपमा समेत चर्चित गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले मन्त्रालयमै कार्यरत एक कर्मचारीमाथि कुटपिट गरेका छन् ।

मनाङेको कुटपीटबाट ती कर्मचारी अस्पताल भर्ना भएका छन् । घटना मंगलबारको हो । मन्त्रालयको सुचना अधिकारी समेत रहेका प्रकाश ओझाले सुचना बेचेको आरोप लगाउँदै मन्त्री गुरुङले हातपात गरेका हुन् । ओझाका अनुसार,फाइल लिएर मन्त्री गुरुङको कार्याकक्षमा पुगेका ओझालाई मन्त्री मनाङेले कुटपीट गरेका हुन् ।

आफूमाथि भएको कुटपीटबारे पीडित ओझाले सचिव बद्रि अधिकारी र मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई जानकारी गराएपनि उनीमाथि कुनै कारबाही भएको छैन ।

यता मनाङेले भने सुचना बेचेको आरोपमा आफूले सम्झाएको मात्रै जनाएका छन् ।

‘मैले सम्झाएको मात्रै हो । त्यस्तो चोरजस्तो मान्छेलाई त पुलिसले पिट्ने हो । जो पायको त्यहीको कुरा पत्याउन भएन,’ उनले एक पत्रिकालाई दिएको प्रतिक्रियामा भनेका छन् ।