शहिद लखनले थाल्यो “विद्यार्थी संग अध्यक्ष” कार्यक्रम

पालिका बिशेष समाचार

१६ चैत, गोरखा । गोरखाको शहिद लखन गाउँपालिकाले “विद्यार्थी संग अध्यक्ष” कार्यक्रम सम्पन्न गरेको छ। आर्थिक वर्ष अन्तर्गत वार्षिक स्वीकृत कार्यक्रम “विद्यार्थी सँग अध्यक्ष कार्यक्रम” बिसङ्गति र विकृति मुक्त समाज निर्माणमा विद्यार्थीकाे भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गर्दै शैक्षिक सत्रमा पहिलाेपटक सञ्चालन भएको हो।

गाउँपालिका र विद्यार्थीहरु प्रत्यक्ष रुपमा साक्षात्कार गरि शैक्षिक गतिविधिमा वर्तमानमा भइरहेका गतिविधि, भाेगेका समस्या, त्यसकाे निराकरण र आगामी दिनमा के गर्दै छौं र के गर्न सक्छौं भन्ने विषयमा अन्तर्क्रिया गर्ने उदेश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको सोही गाउंपालिकाका शिक्षा अधिकृत राजेन्द्र खनालले वताए।

अधिकृत खनालका अनुसार, विद्यार्थीले गाउँपालिका सँग राखेका अपेक्षाहरुकाे जानकारी दिने तथा लिने उदेश्य यस कार्यक्रममा रहेको वताए। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रमेश बाबू थापा मगर, प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले मगर, वडा नं ६ का अध्यक्ष दिलिप नारायण थापा शिक्षा समिति सदस्यहरु खुन प्रसाद रेग्मी, रमेश श्रेष्ठ, अरविन्द मिश्र, चिरञ्जीवी काप्री, राेहिणि प्रसाद खनाल, इश्वर कट्टेलहरूले बिसङ्गति र विकृति मुक्त समाज निर्माणमा विद्यार्थीकाे भूमिका विषयमा सहजीकरण सहित मन्तव्य राखेका थिए भने कार्यक्रमकाे सञ्चालन शिक्षा समन्वयकर्ता माेहनराज विष्टले गरेका थिए ।

विद्यार्थीबाट आएको जिज्ञासाको जवाफ सहित विद्यार्थीहरुलाई मार्गदर्शन, हाल सम्मका शैक्षिक गुणस्तर सुधारका प्रयासहरु र आगामि शैक्षिक याेजनाकाे जानकारी गराउदै कार्यक्रमकाे समापन गाउँपालिका अध्यक्ष रमेश बाबू थापा मगरले गरेका थिए। यश कार्यक्रममा विद्यालयबाट छनाैट भएका जेहेन्दार तथा अनुसासित ५४ विद्यार्थीहरुलाई झाेला सहित नेपाली अङ्ग्रेजी शब्दकोष सहित स्टेसनरी वितरण गरिएकाे छ।