६ फागुन, काठमाडौं । काठमाडौंको कलंकीस्थित ढुंगेअड्डामा भेटिएको कुकर बमलाई डिस्पोज गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुई वटा कुकर देखिए पनि तीन वटा बम रहेको थियो।
नेपाली सेनाको टोलीले डिस्पोज गरेपछि अहिले सडक सुचारु भएको छ । बम फेला परेपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन रोकिएको थियो ।
बम कसले राख्यो भन्नेबारेमा प्रहरीले अनुुन्धान शुरु गरेको जनाएको छ । सदनमा एमसीसी टेबल गर्न नहुने माग राख्दै नेकपा ‘विप्लव’ समूह सहितका ५ साना दलले बुधबार नेपाल बन्दको आयोजना गरेका थिए।
साथै, एमसीसीको विरोधमा काठमाडौंमा केही दिनदेखि विरोधका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।