२९ कार्तिक, गोरखा । गोरखा शहिद लखन गाउँपालिकाका मनिष श्रेष्ठ लागु औषध सहित मोरङको बिराटनगरबाट पक्राउ परेका छन् ।
बिराटनगर महानगरपालिका १६ दरैयाबाट श्रेष्ठलाई प्रहरीले नियन्त्रित लागूऔषध २८४ ट्याब्लेट नाईट्राभेट, ७७ एम्पुल डाईजेपाम, ७७ एम्पुल लुपिजेसिक र २३ एम्पुल एभिल सहित पक्राउ गरेको जनाएको छ ।
शहिद गाउँपालिका ७ बस्ने २२ वर्षीय श्रेष्ठलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।