प्रधानन्यायधीशको समर्थनमा नाराबाजी गर्नेहरु पक्राउ

Top Post समाचार

२९ कार्तिक, काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले सोमबार पनि प्रदर्शन गरिरहेको छ ।

सोही कुरालाई मध्यनजर गर्दै सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मी पनि बढाइएको छ ।

यस्तै, केहीबेर अघि मात्रै सर्वोच्चको गेट अगाडि प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

सर्वोच्च अदालत अगाडीबाट प्रहरीले करिब १२ जनालाई पक्राउ गरेको बुझिएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारले दुई सातादेखि धर्ना दिँदै आएको छ ।