२९ कार्तिक, काठमाडौँ। ओखलढुंगाको सुनकोशी गाउँपालि–९ बुलडाँडामा बोलेरो जिप दुर्घटना भएको छ ।
दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । १३ जना घाइते छन् ।
ओखलढुंगाबाट च्यानम हुँदै ककनी मन्दिर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो सोमबार बिहान दुर्घटना भएको ओखलढुंगाका डिएसपी गोविन्द काफ्लेले बताए ।
काफ्लेका अनुसार दुर्घटनामा वर्ष ३५ की मिठुमाया मगर, वर्ष १६ की तुलसा मगर र खगेन्द्र मगरको मृत्यु भएको छ । उनीहरू सिद्धिचरण नगरपालिका–१० बेतिनीका स्थानीय हुन् ।