पछिल्लो २४ घण्टामा १८६७ जना कोरोनामुक्त भए, ३३ को मृत्यु

Top Post समाचार स्वास्थ्य

३१ साउन, काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ८६७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ८२ हजार ६८२ पुगेको छ । त्यस्तै मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार १०६ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ४१ लाख ५३ हजार ४२५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ३३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २९२ पुगेको छ ।