२२ साउन, काठमाडौं । देशभर आज थप ३७ सय २९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा ९ हजार ४९३ नमूनाको पीसीआर र ६ हजार १८२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराएको थियो। जसमध्ये २४ सय ३० नमूनाको पीसीआरबाट र १२सय ९९ जनामा एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घन्टामा १८ सय ८५ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार आज कोरोनाबाट थप २५ जनाको ज्यान गएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ।
आज थप २५ कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको हो ।
नेपालमा हालसम्म ७ लाख १० हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।