सुकुम्बासीका नाममा हुकुमबासीहरुको लुट किमार्थ स्वीकार्य छैन: नेता पराजुली

राजनीति समाचार

२२ साउन, काठमाडौँ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भुमि सम्बन्धि समस्या समाधान आयोगका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनले भनेका छन् -‘पात्र र प्रवृत्ति गलत भए सच्याउन सकिन्छ तर आयोग नै विघटन गर्ने कुरा गलत हो , यसले तमाम भुमिहिन सुकुम्बासीहरुको समस्या समाधान गर्न अहिलेको सत्ता गम्भीर छैन भन्ने कुरा प्रष्ट हुन्छ ।’

नेता पराजुलीले पात्रहरु आफ्नो गोजि गुटका भरेर नियुक्ति गरेर करोडौं लुट्ने काम पनि गलत नै थियो भनेका छन् । उनले भने-‘ वास्तविक सुकुम्बासीको पहिचान गरी तुरुन्तै आयोग गठन गरेर जमिन देउ ।’

नेता पराजुलीले गास,बास, कपास हाम्रा मौलिक अधिकार भएको बताएका छन् । उनले सुकुम्बासीका नाममा हुकुमबासीहरुको लुट किमार्थ स्वीकार नभएको बताएका छन् ।