रावललाई राजीनामा फिर्ता लिन पार्टी भित्र वाट दबाब

राजनीति समाचार

४ साउन, काठमाडौँ । एमाले नेताहरुले सांसद भीम रावललाई घोषित राजीनामा फिर्ता लिन दबाब दिएका छन्।

अध्यक्ष केपी शर्मा ओलीका साथै पार्टीका अरु नेताहरुले पनि उनलाई आइतबार बुझाएको राजीनामा फिर्ता लिन आग्रह गरेका हुन्।

सांसद डा. भीम रावललाई सांसद पदबाट राजीनामा दिन गरेको घोषणा फिर्ता लिन ओलीले सोमबार बसेको आफू पक्षीय केन्द्रीय कमिटिको बैठकमा गरेका हुन्।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषय पार्टीभित्रको आफ्नै समूहमा मतभेद भएपछि रावलले राजीनामा दिने निर्णय गरेका थिए। मिडियालाई जानकारी गराएर सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा पत्र बुझाएका थिए।