७ पुस, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले साविकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा ओलीले १९७ जना पछि थप गर्ने गरी आयोजक कमिटी बनाइएको बताएका छन् ।