गण्डकी प्रदेशका थप ५० जनामा कोरोना संक्रमण पुष्टि

Top Post समाचार

३१ भाद्र, पोखरा । गण्डकी प्रदेशमा बुधबार थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित हुनेमा कास्कीका २९, गोरखाका १३, तनहुँका पाँच जना र बागलुङमा तीन जना रहेका छन्।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १६६ पुगेको छ। हालसम्म गण्डकी प्रदेशमा एक हजार ८९५ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या १ हजार २ सय ४० रहेको छ भने ३१ जनाको मृत्यु भैसकेको छ।