सिन्धुपाल्चोक पहिरोमा २४ बेपत्ता, ६ जनाको शब भेटियो

Headlines समाचार

२८ भाद्र, सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको बारबिसे नगरपालिकाको घुम्थाङ नागपुजेमा पहिरो जाँदा २४ जना बेपत्ता भएका छन् भने ६ जनाको शब फेला परेको छ । घुम्थाङ नागपुजेमा आएको पहिरोले नापुले गाउँको गाउँका १२ घर बगाएको छ ।

अरनीको राजमार्गको बसेरीबाट एक घन्टाको दुरीमा पुगिने उक्त स्थानमा गएको पहिरोमा परी २० जना भन्दा बढी बेपत्ता भएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।