नागार्जुन नगरपालिकाका मेयरमा कोरोना संक्रमण पुष्टि

Headlines समाचार

१८ भाद्र, काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि सोही नगरपालिकाको वडा नं ६ का अध्यक्ष राजेन्द्र बुढाथोकीमा पनि संक्रमण पुष्टि भएको थियो । बुढाथोकीको निकट सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा नगर प्रमुख बस्नेतलाई पनि कोरोना संक्रमण देखिएको हो ।

नागार्जुन नगरपालिकाले स्टार हस्पिटलमा पीसीआर परीक्षण गराउँदा नगरप्रमुख बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।