आज गणतन्त्र दिवस मनाईदै

Top Post समाचार

२०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र बनाउने घोषणा गरेको थियो । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १२ वर्ष पूरा भइ १३ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले बिहीबार गणतन्त्र दिवस मनाउँदै छन् ।

जनआन्दोलन २०६२/६३ को बलमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । कोरोना भाइरसको महामारीले गर्दा यस वर्ष विभिन्न औपचारिक कार्यक्रमहरु नगरिने भएको छ यद्दपि दिप प्रज्वलन गरेर गणतन्त्र मनाउन सरकारले आग्रह गरेको छ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रप्रमुख, सरकार प्रमुख तथा विभिन्न राजनीतिक दलका नेताहरुले शहीदप्रति सम्मान व्यक्त गर्दै शुभकामना दिएका छन् । गणतन्त्र दिवसमा सार्वजनिक बिदा दिने चलन छ ।