सांसद पदवाट पाउने तलव भत्ता विपदमा परेका नागरिकका लागि खर्च गर्छु: सांसद वजगाईं

राजनीति समाचार

काठमाडौं । गोरखा–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजेन्द्र बजगाईंले तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रका विपदमा परेका नागरिकको लागि खर्च गर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा सदस्यको रुपमा शपथ लिएपछि कांग्रेस सांसद बजगाईंले तलब भत्ता आफ्नो व्यक्तिगत प्रयोजनमा नलिने घोषणा गरेका हुन् । यसअघि पनि नेता वजगांईले विपदमा परेका गोरखाली जनताको उद्दार गर्दै आएका छन्।