धार्चे गाउँपालिकाले हटायो करारका कर्मचारी

राजनीति समाचार

गोरखा । गोरखाको धार्चे गाउँपालिकाले गाउँपालिकाअन्तर्गत करारका कर्मचारी हटाउने निर्णय गरेको छ ।

गाउँपालिकाको शुक्रबार बसेको गाउँसभाले साउन १ देखि करार कर्मचारीको अवधि नथप्ने निर्णय गरेको हो ।

पालिकाको यो निर्णयले ४५ जना करारका कर्मचारी सेवाबाट हट्ने गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । अहिलेसम्म गाउँपलिकाको सेवामा सहयोग पुर्याएकोमा अध्यक्ष गुरुङ कर्मचारीलाई धन्यवाद दिए ।