अवैध लागूऔषध सहित काठमाडौं वाट एक जना पक्राउ

समाचार

काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट करिब ५ केजी अवैध लागूऔषध गाँजाको धुलो सहित मकवानपुर थाहा नगरपालिका-८ बस्ने ४० वर्षीय दुतराज थिङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

धादिङ माधबबेसिबाट काठमाडौंतर्फ आउँदगरेको बा.३ ख ८५२३ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागऔषध नियन्त्रण ब्यरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।