उपसभामुख पदका लागि पुष्पा भुसालको उम्मेदवारी दर्ता

Top Post राजनीति समाचार

काठमाडौँ । उपसभामुख पदका लागि सत्तागठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सांसद पुष्पा भुसालको उम्मेदबारी दर्ता भएको छ ।

दिउसो ३ बजे सम्म उम्मेदवारी दर्ताको समय रहेका कारण प्रमुख प्रतिपक्षदल नेकपा एमालेले पनि अन्य दलको सहयोगमा उम्मेदवारी दर्ता गराउने तयारी गरेको छ । सत्ता साझेदार दलहरुबीच उपसभामुख पद नेपाली कांग्रेसलाई दिने करिब सहमति भएको थियो ।

प्रतिनिधिसभामा सभामुख पुरुष भए महिला उपसभामुख र महिला सभामुख भए पुरुष उपसभामुख बनाउनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटा हुनुहुन्छ ।

निर्वाचन कार्यतालिकाअनुसार यही असार ३१ गते उपसभामुखको चयन हुनेछ ।