गोरखा। गोरखाको शहीद लखन गाउँपालिकाको बुङकोटमा आगलागीबाट एक व्यक्तिको मासु पसल जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
शहिद लखन गाउँपालिकाको वडा नम्बर–७, लाहुरे टोलमा मासु पसल सञ्चालन गर्दै आउनु भएका कुमार श्रेष्ठको पसल बिद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट पसल पूर्ण रुपमा जलेको र पसलमा रहेका सवै सामान नष्ट भएको स्थानीयको भनाई छ ।
आगलागीबाट भएको क्षतिको बिबरण भने प्राप्त हुन बाँकी रहेको वडा अध्यक्ष शरण श्रेष्ठले जनाएका छन् । फोटो: वडाध्यक्ष शरण श्रेष्ठ