पूर्व सुरक्षाकर्मी परिषदको शहिद लखन गाउँपरिषद गठन, अध्यक्षमा जगत राना मगर चयन

समाचार

गोरखा । पूर्वसुरक्षाकर्मी परिषद नेपालको शहिद लखन गाउँ परिषद गठन भएको छ । आज (बुधबार) गोरखाको शहिद लखन गाउँपालिका-८ स्थित खाव्दि भन्ज्याँङ सामुदायिक भवनमा पूर्वसुरक्षाकर्मी परिषद नेपालको पालिका स्तरिय गाउँपरिषद गठन भएको हो ।

पूर्वसुरक्षाकर्मी परिषद नेपालको शहिद लखन गाउँपरिषद कमिटीको अध्यक्षमा जगत बहादुर राना मगर चयन भएका छन् । उपाध्यक्षमा बाबुकाजि श्रेष्ट, सानुबाबु खनाल र बुद्धि बहादुर तामाङ चयन भएका छन् । सचिवमा एक बहादुर थापा मगर र कोषाध्यक्षमा सलिना थापा मगर लगायत १९ सदस्यिय कमिटि गठन भएको उत्तर कुमार श्रेष्ठले जानकारी दिए ।

उक्त कार्यक्रमको अध्यक्षता पूर्वसुरक्षाकर्मी परिषदका केन्द्रिय सदस्य उत्तर कुमार श्रेष्ठले गरेका थिए ।