१३ वैशाख, गोरखा । गोरखा जिल्लाको शहिद लखन गाउंपालिका वडा ७ को लागि नेपाली कांग्रेसको तर्फबाट शरण श्रेष्ठको उम्मेदवारी परेको छ ।
वैशाख १२ गते मनोनयन गर्ने दिनमा वडा ७ को लागि कांग्रेसवाट श्रेष्ठको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालय घैरूङ्ले जनाएको छ।
युवा नेता श्रेष्ठ लामो समयदेखि राजनितीमा सक्रिय रहंदै आएका छन्। अघिल्लो चुनावमा समेत भारी मतले विजयी भएका श्रेष्ठले वडाध्यक्षको रूपमा आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन्। सवै वडावासिको चाहना अनुरूप मैले पुन अध्यक्षको रूपमा उम्मेदवारी दिएको हो, श्रेष्ठले भने।