फेसबुक, ह्वाट्स एप र इन्स्टाग्राम विश्वभर डाउन

प्रबिधि समाचार

१८ असोज, काठमाडौं । ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक केही समयका लागि विश्वभर डाउन भएका छन् ।

साढे ९ बजे यी तीनवटा एपको सेवा रोकिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । आज बिहानैदेखि फेसबुक र यसका अन्य एपको सुरक्षा ह्विस्टलब्लोरबारे चर्चा भइरहँदा डाउन भएको हो ।

सर्भिस डाउन हुने वित्तिकै फेसबुकले प्राविधिक कारणले समस्या भएको र चाँडै समाधान हुने जनाएको छ ।